SKIP THIS

S.P.A  Collage

दिउसो २ बजे आह्वान गरिएको प्रदेश सभा बैठक स्थगित, साँझ ५ बजेपछि मात्रै बस्ने

सुदूरपश्चिम प्रदेश सभा

धनगढी : सुदूरपश्चिम प्रदेश सभा बैठक साँझसम्मका लागि स्थगित गरिएको छ ।

दिउसो २ बजे आह्वान गरिएको प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको ९ औं बैठक साँझ ५ बजेसम्मा लागि स्थगित गरिएको हो ।

प्रदेश सभा सचिवालयले सूचना टाँस गर्दै विशेष कारणबस बैठक साँझसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ । ‘शनिबार दिनको २ बजे बस्ने भनिएको प्रदेश सभाको प्रथम अधिवेशनको नवौ बैठक विशेष कारणवस स्थगित भई आज साँझ ५ बजे बस्ने सूचनामार्फत जानकारी गराइन्छ’ सचिवालयले टाँस गरेको सूचनामा भनिएको छ ।

प्रदेश सरकारले मन्त्रीमण्डललाई पूर्णता दिन नसक्दा बैठक साँझसम्मका लागि स्थगित गरिएको जनाइएको छ । प्रदेश सरकारले पूर्णता पाएलगत्तै संसदीय समिति विस्तार गरिने छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार