सुदूरपश्चिम प्रदेशमा मन्त्री मण्डल विस्तार, थपिए तीन मन्त्री र एक राज्यमन्त्री

सुदूरपश्चिम प्रदेशमा मन्त्री मण्डल विस्तार, थपिए तीन मन्त्री र एक राज्यमन्त्री

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियूक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार नियूक्त गरेका मन्त्री तथा राज्यमन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

प्रदेशको सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रका झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रमेश धामी र राज्यमन्त्रीमा गितादेवी माललाई नियूक्त गरेका थिए भने आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहलाई नियूक्त गरेका थिए ।

नवनियूक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएपनि कार्यभार भने भोली (आइतबार)देखि सम्हाल्ने छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार