SKIP THIS

S.P.A  Collage

देउडा गायक औजीको स्वरमा रहेको “लैजा परान भाग १”गीत सार्वजनिक (भिडियो)

देउडा गायक औजीको स्वरमा रहेको “लैजा परान भाग १”गीत सार्वजनिक (भिडियो)

धनगढी : सुदूरपश्चिमका चर्चित देउडा गायक महेश कुमार औजीको स्वरमा रहेको “लैजा परान भाग १”गीत सार्वजनिक भएको छ । औजीकै शब्द तथा सङ्गीतमा रहेको उक्त गीत शनिबार देउडा दर्पण युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।

गायक महेश कुमार औजीले यो गीत माया प्रेम र बिछोड बेदना मा आधारित रहेको बताउनुभएको छ । अहिले लैजा परान भाग १ सार्वजनिक भएको उहाँले बताउनुभयो लैजा परान गितकाे चार पाँच भाग रहेको छ । गीत फरक फरक भएपनि शिर्षक एउटै रहने भन्नुभयो आगामी दिनमा अरु भाग पनि सार्वजनिक गर्ने बताए ।

उनले आफ्नो सांगीतिक यात्रा २०५५ सालबाट शुरु गरेका हुन । लोकप्रिय गायक औजीले विशेष गरी आफ्ना गीतहरुमा स्वयं नै शब्द रचना र लय गर्दै आएका छन । यसैगरी उनले हालसम्म ५०० वटा गीतहरु बजारमा ल्याइसकेको बताए ।

पछिल्लो समयदेखि सुदूरपश्चिमको कला संस्कृतिलाई गीतहरूको माध्यमबाट जगेर्ना आइरहेकाे देउडा गायक औजीले बताउनुभयो यो गीतलाई पनि दर्शक तथा श्रोताको माया पाउनेमा विश्वस्त रहेको बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार