SKIP THIS

S.P.A  Collage

सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै, ओलीले पनि भाग लिंदै

नेता केपी शर्मा ओली

काठमाडौं : सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भाग लिंदैछन् ।

यसअघि उनले जेठ ४ गते नै संसदमा सम्बोधन गर्ने भनिएको थियो । तर स्वास्थ्य समस्याका कारण सो दिन सम्बोधन नगरेका ओलीले आज सम्बोधन गर्न लागेका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर अध्यक्ष ओलीले आजको प्रतिनिधि सभामा सम्बोधन गर्ने बताए । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै छ ।

सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए ।

एमाले संसदीय दलको शनिबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमको सशक्त विरोध गर्ने निर्णय गरेको थियो । संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको सशक्त प्रतिवाद गर्न एमाले नेताहरुलाई निर्देशन दिएका थिए । ओलीका अनुसार नीति तथा कार्यक्रम दिशाहीन र अन्योलग्रस्त छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार