बाघ भोकै मर्छ, घाँस खाँदैन, ममाथि पनि छानबिन होस् : ओली

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूमाथि पनि छानबिन गर्न चुनौती दिएका छन्।

‘म चुनौतीका साथ भन्न चाहन्छु– म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक–पटक प्रधानमन्त्री भएँ छानबिन होस्।छानबिन गरियोस्। म चुनौतीका साथ भन्न चाहन्छु, हामी सधैं भ्रष्टाचारका विरूद्धमा छौं,’ आइतबारको प्रतिनिधि सभा बैठकमा उनले भने।

नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले यस प्रकरणमा कतिपयलाई एमालेको नाम लिन रहर लागेको बताए।

‘एमालेलाई गाली गर्न मन लागेको छ। केपी ओलीलाई गाली गर्न रहर लागेको छ। रहर गर्नु मात्र पनि त होइन रहेछ जिन्दगी। पार लाग्दैन,’ उनले भने।

उनले आफू भ्रष्टाचारविरूद्ध सधैँ छानबिन होस् भन्ने पक्षमा रहेको बताए।

‘निर्दोष फसाउन प्रयास भइरहेको छ। म खबरदारी गर्न चाहन्छु, दोषी उम्काउने, निर्दोष फसाउने, यस प्रकारका प्रयास नगर्दा हुन्छ किनभने यो अझ भयावहरूपमा निस्कन्छ । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न, ९७५ जनासँग पैसा उठाइएको छ। चानचुने कुरा हो? त्यसकारण यो भोलि पनि निस्कन्छ। निर्दोष नफसोस्,’ ओलीले संसदमा भने।

कतिपयलाई तीनवटा प्रमुख पार्टीका नेताहरू भेट्दा सन्देह उत्पन्न भएको पनि बताए। 

‘तीन नेता भेट्दा, संसद् बैठक, मन्त्रिपरिषद् पटकपटक बस्दा सन्देह पैदा भयो! के भनेको यो? संसद् बैठक चलाउनु छ, देशको अवस्था यस्तो छ, सदन कसरी चलाउने? सहमतीय बाटोमा कसरी जाने ? आदि कुरामा नेताहरू छलफल गर्दैनन्?कानुन निर्माण, संशोधन कसरी गर्ने छलफल गर्दैनन्?,’ उनले प्रश्न गरे।

संसद्को जटिल प्रकारको बनाओट हुने पनि उनले बताए।

‘संसदीय अभ्यासका क्रममा ती जटिल बनाओटका प्रक्रियामा स्मुथ्ली कसरी लाने? त्यस विषयमा छलफल गर्दैनन्? तीन जना नेता भेट्दा पनि मानिलिऊँ दुईजना दूधले नुहाएकामात्र होइन, दुधै कुण्डमा नुहाएका, मचाहिँ त्यहाँ लौन मेरा नेता बचाइदेऊ भनेर म्याउँम्याउँ गर्न गएँ,’ उनले भने।

बाघ भोकै मर्ने तर घाँस नखाने उनको टिप्पणी थियो। 

  • भ्रष्टाचारी एक दिन कानुनी कारबाहीमा पर्छ भन्ने स्थापित गराऔँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारी एक दिन कानूनी कारबाहीमा पर्छ भन्ने स्थापित गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले कुनै पनि कालखण्डका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्न साझा इच्छाशक्ति बनाउन पनि प्रस्ताव गरेका छन्।

प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘एक पटक इच्छाशक्ति देखाऔँ। यसलाई साझा इच्छाशक्ति बनाऔँ। भ्रष्टाचारी एक दिन कानुनी कारबाहीमा पर्छ भन्ने स्थापित गराऔँ।’

यद्धपी उनले सरकारले सबै प्रकारमा भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने आफूहरुलाई विश्वास नलागेको आरोप लगाए । उनले भने, ‘भ्रष्टाचारको सबै विषयलाई कानुन दायरामा ल्याउनेछ। यस्ता वाक्यहरू छन् तर, सरकार आफै भ्रष्टाचार र विकृतिबीच दुबिधा र भ्रम सिर्जना गरेर भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धताबाट उम्किन खोजेको देखिन्छ।’ 

  • ३ नेताको बैठक सन्देहमा परेपछि ओलीको प्रश्न– दुईटा दूधले नुहाएका, म चाहिँ म्याउँ-म्याउँ गर्न गएको?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ शीर्ष नेताहरुको बैठकमा कसैलाई उम्काउने विषयमा छलफल नभएको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र उनी सम्मिलित बैठकमाथि सन्देह सिर्जना भइरहेका बेला ओली यस्तो बताएका हुन्।

आइतबार प्रतिनिधि सभा बैठकमा ओलीले भने, ‘’तीनटा पार्टीका नेता भेट्दा सन्देह पैदा भयो। मन्त्रिपरिषद् बैठक बस्दा सन्देह भयो। के सदन चलाउने कुरामा नेताहरु छलफल गर्दैनन्? संसद्‌मा जटिल प्रकारका बनावट हुन्छन्। ती स्मुथ्ली कसरी लाने छलफल गर्दैनन्?’

तीमध्ये अन्य २ नेताहरुमाथि भन्दा पनि आफूलाई शंकाको दृष्टिले हेरिएको बुझ्दै उनले थप प्रश्न गरे, ‘दुईटा नेता दूधमा नुहाएका,  म चाहिँ लौन मान्छे बचाइदेऊ भन्ने गएको? बाघ भोकै बस्छ, घाँस खाँदैन। केपी ओलीले म्याउँ म्याउँ गर्दैन।’

उनले सक्कली प्रतिवेदनमा गलत नामसूची घुसाइएको बताए। कभर त्यही राखेर कागज फेरिएको बताउँदै त्यसलाई खोज्नुपर्ने बताए। उनले भने, ‘कभर त्यही राखियो, भित्रको कागज फेरियो। व्यक्तिको सूची परिवर्तन गरियो। परिवर्तन गर्ने खोजौं न। एमालेलाई गाली गर्न रहर लाग्या छ भनेर रहर गर्न पनि होइन जिन्दगी। म चुनौतीका साथ भन्छु । म प्रम भएँ। गृहमन्त्री भएँ। परराष्ट्र मन्त्री भएँ। छानबिन गरियोस्।’

सरकार दोषी उम्काउने र निर्दोष फसाउनेगरी लागेको समेत उनले बताए। त्यस्तो हुन नदिने उनको भनाइ छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार