पदभार ग्रहणको निर्णयमा किन हस्ताक्षर गरेनन् मन्त्री धामीले ?

पदभार ग्रहणको निर्णयमा किन हस्ताक्षर गरेनन् मन्त्री धामीले ?
तस्बिरः सिताराम ओझा

धनगढी : नवनियुक्त मन्त्रीहरुले मन्त्रालयमा गएर पदभार ग्रहण गर्ने क्रममा कुनै एउटा निर्णय गर्ने परिपाटी रहदैं आएको छ । पदभार ग्रहण गर्दै पहिलो निर्णय गराउने चलन मन्त्रालयहरुमा रहेको छ ।

तर सुदुरपश्चिम प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रमेश धामीले भने पहिलो निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

उनले पदभार ग्रहणका लागि धनगढी स्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पुगेपछि मन्त्रालयका सचिवले पहिलो निर्णयमा हस्ताक्षर गराउन खोज्दा उनले हस्ताक्षर नगरेर पदभार ग्रहण गरेको भन्दै रजिष्टरमा मात्रै हस्ताक्षर गरे ।

मन्त्रालयमा पदभार ग्रहणका लागि पुग्दा वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी ऐन बनाउनका लागि कार्यदल गठन गर्ने भनिएको निर्णयमा हस्ताक्षर गराउन खोज्दा आफुले यस बिषयमा अध्ययन गरेर मात्रै हस्ताक्षर गर्ने भन्दै मन्त्री धामीले हस्ताक्षर नगरेका हुन् ।

पहिलो निर्णय गर्नका लागि टिप्पणी सहितको लामो फाईल मन्त्रालयले तयार गरेको थियो । तर जानकार नभएको बिषयमा अध्ययन गरेर मात्रै हस्ताक्षर गर्ने अडान मन्त्री धामीले राखेका थिए ।

‘पहिलो निर्णय गराउन ल्याईएको फाईलको बिषयवस्तु गहन थियो । त्यसको बारेमा मैले पुरै अध्ययन गरेर मात्रै हस्ताक्षर गर्छु भनेर हस्ताक्षर नगरेको हुँ ।’ मन्त्री धामीले भने–‘यति गहन बिषयमा कर्मचारीहरुले भनेकै भरमा कसरी निर्णय स्वीकृत गराउनु ? कसैको स्वार्थ बाँझीएको छ की ? वा स्वार्थ बाँझिएको छैन ? त्यस बारेमा पहिले क्लेयर त हुनुपर्यो नि ।’

कैलाली प्रदेश सभा क्षेत्र नम्बर ५ ख बाट विजयी धामीले मन्त्रालयको मातहतमा रहेका विभिन्न विभाग र शाखाहरुको कामलाई योजना बनाएर अगाडी बढाउने बताए । उनले सबै काम कारवाहीहरुलाई अध्ययन गरेर कार्ययोजना सहित जनताहरुले देखिने गरी र प्रदेशवासीहरुलाई राहत हुने गरी काम गर्ने प्रतबद्धता जनाए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

50%

खुसी

0%

दुःखी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार