भण्डाफोर पत्रकारिता पुरस्कार २०८० पत्रकार ऐरलाई

भण्डाफोर पत्रकारिता पुरस्कार २०८० पत्रकार ऐरलाई

धनगढी : कैलालीका पत्रकार शेर बहादुर ऐर सम्मानित भएका छन् । भण्डाफोर पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार ऐर सम्मानित भएका हुन् । 

भण्डाफोर शिल्पी प्रकाशन प्राली द्धारा सञ्चालित भण्डाफोर डटकमको प्रथम वार्षिकोत्सवको अवसरमा उनलाई पुरस्कार स्वरूप नगद १५ हजारसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको छ ।

पत्रकार ऐरले विगत १० वर्षदेखि धनगढीमा रही विभिन्न सञ्चार माध्यममा काम गरिसकेका छन् । हाल उनी धनगढी खबरका सम्पादक रूपमा काम गरिरहेका छन् । उनले राजनीति, स्वास्थ्य तथा वातावरण तथा सामाजिक क्षेत्रमा कलम चलाउँदै आएका छन् । 

भण्डाफोर डटकमका सम्पादक हिमेश विकले पत्रकार ऐरको आफ्नो लगन र मेहनतकै कारण वर्ष पुरस्कार पाउन सफल भएको बताए ।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार