बझाङ हिम पहिरोको ताजा अपडेट

हिम पहिरो

धनगढी । बझाङमा हिम पहिरोमा परि २ जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् । सुर्मा गाउँपालिका–३ काँटेकी करिब ३८ वर्षिया रामकोइला देवी बोहरा र जयपृथ्वी नगरपालिका–११ की १८ वर्षिया रमिता धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

आइतबार बझाङको सुर्मा गाउँपालिकामा गएको हिम पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । बेपत्ता मध्ये २ जनाको शव स्थानीयले फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले धनगढी खबरलाई जानकारी दिए । 

यस्तै पहिरोमा परी २ जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका–११ चैनपुरका आकाश धामी र सुर्मा गाउँपालिका–३ का बाबजी बोहरा घाइते भएका छन् । 

राम कोइलाको शव सदरमुकामस्थित जिल्ला अस्पतालमा चैनपुरमा ल्याइएको छ । घाइते बाबजी बोहरालाई स्थानीयले अस्पताल ल्याएका छन् । रमिताको शव पनि अस्पताल ल्याउने तयारी भइरहेको छ । घाइते बाबजी बोहरा मृतक राम कोइलाका श्रीमान् हुन् । 

हिम पहिरोमा बेपत्ता भएकी जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामीको अवस्था भने अझै अज्ञात रहेको छ । उनले खोजी कार्य भइरहेको छ । हिम पहिरोमा परेकाको उद्धारका लागि खटिएको टोली बाटोमै रहेको प्रहरी निरीक्षक अवस्थीले बताए । “अहिले नजिकै रहेका स्थानीयले उनीहरुको उद्धार गरिरहेका छन्,” प्रहरी टोली साँझ ४, ५ बजे सम्म मात्रै घट्ना स्थलमा पुग्छ, उनले भने ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार