SKIP THIS

S.P.A  Collage

नक्कली शरणार्थी प्रकरण :  प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो अनुसन्धान प्रतिवेदन

नक्कली भुटानी शरणार्थी प्रकरण

काठमाण्डौ :  नक्कली शरणार्थी प्रकरणमा प्रहरीले बनाएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले काठमाण्डौ जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको हो ।

अब प्रतिवेदनमा भएका प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ । प्रतिवेदनमा ३३ जनालाई ठगी, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधको अभियोग गरी तीन वटा मुद्दा लगाउनुपर्ने उल्लेख छ ।आरोपितविरुद्ध मानवबेचबिखन, सम्पत्ति शुद्धीकरण, प्रमाण नष्ट, सार्वजनिक पदको दुरुपयोग, भ्रष्टाचारलगायत अरु कसुर पनि आकर्षित हुने देखिएको छ ।

यी कसुरमा ७ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने र ठगीको रकम असुल उपर गर्ने प्रावधान छ । नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीसहित १६ जना पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजसहितका १७ जना भने फरार छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार