कञ्चनपुरमा कर्तव्य बिर्सेर पत्रकारहरूमाथि दुर्व्यवहार गर्दै हतकडी लगाउने चार प्रहरी कारबाहीमा

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर

धनगढी : कञ्चनपुरमा रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि दुुव्र्यवहार गर्दै हतकडी लगाउने काममा उत्रिएका चार जना प्रहरी विभागीय कारवाहीमा परेका छन् ।

२ जेठमा भीमदत्त नगरपालिकाको सुकासालमा रिपोर्टिङका क्रममा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरमाथि दुव्र्यवहार गर्दै हतकडी लगाउने तीन जना प्रहरी निरीक्षक र एक जना प्रहरी सहायक निरीक्षकलाई कारवाही गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयकाअनुसार प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी, सिताराम विष्ट, बिनुकुमारी शाही र प्रहरी सहायक निरीक्षक अम्मर कार्कीलाई विभागीय कारबाही गरिएको हो । उनीहरुलाई विभागीय कारवाही अन्तरगत सचेत गराउदै अगामी दिनमा यस्ता गल्ती नदोहोर्याउन भनिएको छ ।

गत मंगलबार साँझ महेन्द्रगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार नाथ र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । कुँवरलाई त कुटपिट समेत गरिएको थियो ।

सो घटनापछी प्रहरीको व्यापक आलोचना हुनका साथै कारबाहीको माग गरिएको थियो । कञ्चनपुरका पत्रकारले जिल्ला प्रहरी कार्यालयका प्रमुखको सरुवा मागेपनि स्थानीय प्रशासनले भने सम्बन्धीत प्रहरी अधिकृतलाई कारवाही गरिएको जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार