सचेत रहौँ कतै तपाईँको ग्यास चुहिएको त छैन? खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका ठगुन्नाको मृत्यु !

मृत्यु

धनगढी: दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका अमरसिंह ठगुन्नाको ज्यान गएको छ । 

नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय ठगुन्ना बुधवार बिहान चिया पकाउने क्रममा ग्यास बिस्फोट हुँदा जलेर घाइते भएका थिए। घाइते भएका उनलाई स्थानीयको सहयोगमा गोकुलेश्वर अस्पताल लगिएको थियो।

गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजाने भनीएपनी नेपालगंज लगिएको थियो। उनको नेपालगंजमा उपचारकाक्रममा मृत्यु भएको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार