ग्यासको सुरक्षित प्रयोग !

ग्यासचुलो प्रयोग गर्दा ध्यान दिन जरुरी छ ।

ग्यासको सुरक्षित प्रयोग

हामीले भान्सामा प्रयोग गर्ने ग्यासमा अरू ग्यासभन्दा कम जोखिम हुन्छ । कहिलेकाहीँ हेलचेक्र्याइँको कारण विस्फोट भएर आगलागी हुन सक्छ । ठूलो धनजनको क्षति पनि हुन सक्छ । यसले कति क्षति गर्छ भन्न सकिन्न । त्यसैले ग्यासचुलो प्रयोग गर्दा ध्यान दिन जरुरी छ ।

  • चुलोमा जडान भएको ग्यासचुलो नियमित रूपमा सरसफाइ तथा आवश्यकताअनुसार मर्मत गर्नुपर्छ ।
  • नेपाल गुणस्तर चिह्न प्राप्त रेगुलेटर र ग्यासपाइप मात्रै प्रयोग गर्नुपर्छ ।
  • ग्यासपाइप बढीमा १.५ मिटरभन्दा लामो हुनुहुँदैन ।
  • बाहिरी भाग कडा र पाइपको बिचमा तार भएको प्रयोग गर्नुपर्छ ।
  • खाना पकाउँदा आगोले चाँडै टिप्ने खालको कपडा लगाउनु हुँदैन ।
  • सकेसम्म शरीर पूरै ढाकिने कपडा लगाएर खाना पकाउनुपर्छ ।
  • सकेसम्म खाना पकाउँदा सुरक्षाका लागि एप्रोनको प्रयोग गर्नुपर्छ ।
  • ग्यासमा पानी पर्न दिनुहुँदैन ।
  • ग्यास लिक भएको पाइएमा बिजुलीका स्विच अन–अफ गर्नुहुँदैन ।
  • ग्यास लिक भएको अवस्थामा झ्याल–ढोका खोलेर ग्यास बाहिर जान दिनुपर्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार