SKIP THIS

S.P.A  Collage

गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै हो : प्रधानमन्त्री प्रचण्ड

गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउनु भएको छ । 

नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज १६ औं गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो विचार व्यक्त गर्नुभएको हो । 

प्रधानमन्त्री प्रचण्डले गणतन्त्र समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास भएको स्पष्ट पार्नुभयो । 

सोमबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको हो । सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभमुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको छ । 

नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ ।

 वि.सं. २०६२-६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो । तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको सहमतिअनुसार वि.सं. २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । 

विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो । 

कार्यक्रमको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्नुभएको छ ।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार