धनगढीको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको तालमा डुबेर एक जनाको ज्यान गयो 

धनगढी उप महानगरपालिका वडा नम्बर १६  स्थित महादेव तालमा एक जनाको शव फेला परेको छ ।

धनगढी : धनगढी उप-महानगरपालिका वडा नम्बर १६  स्थित बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा एक जनाको शव फेला परेको छ ।

मृत्यु हुनेमा डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भएका २५ वर्षीय लोकेश भाट रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार हाल भाट कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका थिए।

आज बिहान करिब ५ बजे धनगढी उप-महानगरपालिका वडा नम्बर–१६ रामपुर स्थित बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको छ ।

यस्तै, भाटसँगै गएका ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार