SKIP THIS

S.P.A  Collage

के काँक्रा काटेर घोट्दा त्यसको तितो हट्छ ?

के काँक्रा काटेर घोट्दा त्यसको तितो हट्छ ?

एजेन्सी । जब काँक्रा काटिन्छ सबैभन्दा पहिला त्यसको माथिल्लो हिस्साको सानो भागलाई काटेर फालिन्छ । तर अधिकांशले त्यो टुक्रालाई फाल्नु भन्दा पहिला काँक्रामा रगड्छन् । यसो गर्दा काँक्राको तितो जान्छ भन्ने विश्वास छ ।

कतिपयले यसो गरेर केही फरक पर्दैन पनि भन्छन् । साँच्चै काँक्राको माथिल्लो भागलाई काटेर रगड्दा काँक्राको तितोपन जान्छ त ? आज जानौं यसको पछाडि लुकेको वैज्ञानिक कारण ।

काँक्रा तितो हुने कारण

केही काँक्रामा धेरै नै तितोपन हुन्छ तर धेरैजसो काँक्रा तितो हुँदैनन् । काँक्रा तितो हुनुको पछाडि यो कसरी र कति पाकेको छ भन्ने कुरामा निर्भर गर्छ । काँक्रामा कुकुर्बिटासिन्स नामक एक पदार्थ हुन्छ जसले गर्दा काँक्राको स्वाद तितो हुने गर्छ ।

के घोटेर तितो जान्छ ?

काँक्राको तितो हटाउनका लागि हामीले त्यसको माथिल्लो भागलाई काटेर घोट्छौं । यसो गर्दा काँक्राबाट झाग जस्तो निस्कन थाल्छ, जसले गर्दा काँक्राको तितो बाहिर निस्कन्छ । काँक्राको यस तथ्यलाई लिएर धेरै अनुसन्धान भएका छन् ।

कतिपय अनुसन्धानले बताए अनुसार काँक्राको टुप्पो घोट्दा तितोको असर कम हुने देखाएको छ । काँक्रामा हुने कुकुर्बिटासिन्स नामको तत्व काँक्राको छेउमा हुने गर्दछ । यस्तोमा छेउको भाग काटेर रगड्दा झागको माध्यमबाट त्यो बाहिर निस्कन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार