गर्मी महसुस गर्दै हुनुहुन्छ ? यी फलफूल खाएर शरीरलाई शीतलता प्रदान गर्नुहोस् !

गर्मी महसुस गर्दै हुनुहुन्छ ? यी फलफूल खाएर शरीरलाई शीतलता प्रदान गर्नुहोस् !

गर्मी बढेसँगै खाने फलफूलहरू :

१. खरबुजा : खरबुजा गर्मीको समयमा खाने फल हो । यसको जुस बनाएर खायौं भने शरीरलाई शितलतामात्र नभई स्वास्थ्यमा पनि फाइदा दिने गर्दछ । यो फलमा भिटामिन, मिनरल, क्याल्सियम पाइन्छ । यो फल प्रायः गर्मी मौसममा पाइन्छ । अहिलेको बढ्दो गर्मी मौसमसँगै यो फलले अत्यधिक स्वास्थ्य लाभ गर्दछ ।

२. मेवा : मेवाले शरीरलाई धेरै फाइदा गर्ने भएकोले यसलाई प्रायः मानिसहरुले खाने गर्दछन् । मेवामा भिटामिन, फाइबर पाइन्छ । मेवा तौल कम गर्नको लागिपनि खाने गरिन्छ । यसले मुटु र आँखालाई धेरै फाइदा गर्दछ । यो फल पनि गर्मीयाममा खाँदा शरीर शितल हुने गर्दछ ।

३. आँप : आँपलाई हामी फलफुलको राजा भन्ने गर्दछौ । आँप प्रायजसो सबैलाई मनपर्ने फल हो । आँपलाई हामी काँचै खानेपनि गर्दछौ । यसको विभिन्न प्रकारका परिकारहरु बनाएर खाने गर्दछौ । गर्मी मौसममा यसको जुस, आइसक्रिम बनाएर खाने गरिन्छ । यसलाई बच्चाहरुले समेत धेरै मन पराउने भएकोले यो फल धेरै नै लोकप्रिय बनेको छ ।

४. सुन्तला : सुन्तला जाडो समयमा पाइने फल भएपनि अहिले स्टोर गरेर गर्मीको मौसममा पनि खाने गरिन्छ । यसको जुसले हामीलाई एनर्जी दिने गर्दछ । यसमा भिटामिन ‘सी’, क्यालोरी, फाइबर, भिटामिन पाइन्छ । यसको जुस, जाम, जेली, वाइन, विभिन्न प्रकारका मिठाइहरु समेत बनाइन्छ । यसको बाहिरको बोक्राको प्रयोगले समेत शरीरलाई धेरै फाइदा दिने गर्दछ ।

५. अम्बा : अम्बा धेरै प्रजातिका पाइन्छन् । यो फलपनि गर्मी समयमा खाने गरिन्छ । यसमा क्यालोरी, फाइबर,एन्टीअक्सिडेन्ट, भिटामिन पाइन्छ । यो फल तौल कम गर्नका लागिपनि खाने गरिन्छ । अम्बाले मुटु स्वस्थ बनाउने, मांशपेसीको दुखाई कम गर्ने, छालालाई स्वस्थ राख्ने, खोकी लागेको औषधी, तौल कम गर्ने जस्तो फाइदा गर्दछ ।

६. लिची : यो फल गर्मीको मौसममा बढी पाइन्छ । काँचो हुँदा अमिलो हुने र पाकेपछि त्यसको स्वाद मिठो हुन्छ । यो फल सबैलाई मनपर्ने फल हो । लिचिमा क्यालोरी, प्रोटीन, सुगर, फाइबर र फ्याट पाइन्छ । यसले रातो रगत सेल बनाउन मद्दत गर्दछ । लिचिको जुस, जाम, जेली, वाइन, सस जस्ता चिजहरु बनाइन्छ ।

७. भुईंकटहर : यो फलका फल मिठो र स्वादिलो हुने भएकोले यसलाई धेरैले खान मन पराउँछन् । यो फलमा क्यालोरी, कार्बोहाइट्रेड, फाइबर, प्रोटिन, आइरन, भिटामिन, सोडियम, पोटासियम र कम मात्रामा फ्याट पाइन्छ । यो हाम्रो शरीरको स्वास्थ्यको लागी एकदमै फाइदाजनक फल हो । यसको जुसपनि मिठो हुने हुनाले यो फल निकै लाभदायक रहेको छ ।

८. स्ट्रबेरी : स्ट्रबेरी एकदमै मिठो र लाभदायक फल हो । यसमा क्यालोरी, कार्बोहाइट्रेड, भिटामिन ‘सी’ र फ्याट कम मात्रामा पाइन्छ । यसले मुटु स्वस्थ राख्न, कब्जियत कम गर्ने र तौल कम गर्न मद्दत गर्दछ । साथसाथै यसको जुस बनाएरपनि खाने गरिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार