स्टारले जित्यो एसपीए हाजिरीजवाफ प्रतियोगिताको उपाधि

स्टारले जित्यो एसपीए हाजिरीजवाफ प्रतियोगिताको उपाधि

धनगढी : एसपीए कलेज धनगढीको आयोजनामा सोमबार धनगढीमा सम्पन्न एसपीए हाजिरीजवाफ २०२२ को उपाधि स्टार प्रालि जितेको छ ।

स्टारका रोशन लाल अवस्थी, नबिन बुढा, पर्वत नाथ, मोहन जोशी र पवन ओलीको टोली प्रथम भयो । प्रथम टोलीले ५ हजारसहित सर्टिफिकेट प्राप्त गर्यो ।

यस्तै खापर इन्सिच्युटको टोलीले दोस्रो स्थान हात पार्यो । खापरका मदन राज ओझा, करण धामी, राधागुर धामी र सन्तोष सोतीको टोली दोस्रो भयो । टोलीले ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्यो ।

यस्तै रेडिकल इन्सिच्युटका चेतराज भट्ट, नयन भट्ट, गणेश ओझा, सन्तोष पाध्याय र झरना साउदको टोलीले तेस्रो स्थान हासिल गर्यो । टोलीले दुई हजार पाँच सयसहित प्रमाणपत्र प्राप्त गर्यो ।

त्यसैगरी प्लानेट भिटीले चौथो स्थान हात पार्यो । प्लानेट भिटीका पवित्रा बोहरा, राजेश नागरी, सलिन चन्द, सुवास भट्ट र निरन्जना साउद चौथो हुनुभयो ।

सुदूरपश्चिमको शैक्षिक इतिहासको धरोहर एसपीए कलेजले यसैवर्ष आफ्नो रजत जयन्ती मनाएको थियो । देशकै उत्कृष्ट १३ कलेजभित्र पर्न सफल एसपीए कलेजले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पनि पाइसकेको छ ।

एसपीएको प्लस टूमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ह्युमानिटिज, इडुकेसन, ल र मास कम्युनिसकेसन पढाई हुँदै आएको छ । कलेजमा भर्ना हुन चाहने विद्यार्थीका लागि प्रि रजिष्ट्रेसन समेत खोलिसकेको प्लस टू कार्यक्रम संयोजक उषा साहुले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार