सशस्त्र प्रहरी बल नेपाल बिओपी फूलबारीलाई फूलका बिरुवा सहयोग

सशस्त्र प्रहरी बल नेपाल बिओपी फूलबारीलाई फूलका बिरुवा सहयोग

धनगढी : विश्व वातावरण दिवसको अवसरमा युवा फोटो तथा भिडियो ग्राफर भूमिदत्त तिवारी (हरि)ले फूलका बिरुवा सहयोग गरेका छन् ।  तिवारीले सशस्त्र प्रहरी बल नेपाल बिओपी फूलबारीलाई फूलका बिरुवा सहयोग गरेका हुन् ।

तिवारीले सहयोग गरेको फूलका बिरुवा सशस्त्र प्रहरी बल नेपाल बिओपी फूलबारीका इन्चार्ज तथा सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको संयोजकत्वमा वृक्षारोपण गरिएको छ ।

वातावरण दिवसको अवसरमा आफूहरूलाई फुलका बिरुवा सहयोग गरेको भन्दै सशस्त्र प्रहरी निरीक्षक भण्डारीले धन्यवाद ज्ञापनसमेत गरेका छन् ।  

त्यस्तै, तिवारीले पनि वातावरण दिवसको अवसरमा बिरुवा सहयोग र वृक्षारोपण गर्न पाएकोप्रति खुसी व्यक्त गरेका छन् । उनी अर्थ सरोकारमा पनि कार्यरत छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार