बुधबार सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

सुदूरपश्चिम प्रदेश सभा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख देवराज जोशीले आज अपरान्ह ४ बजे प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको हो ।

‘प्रदेश प्रमुख देवराज जोशीबाट प्रदेशको नीति तथा कार्यक्रम बुधबार अपरान्ह ४ बजे प्रस्तुत हुने भएकाले सम्पूर्ण माननीयज्यूहरुलाई उपस्थित हुन अनुरोध छ’ सभामुख भण्डारीले भने ।

सामान्यतया बजेट ल्याउनभन्दा १५ दिन अघि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ । तर, प्रदेश सरकारले विभिन्न कारण देखाउँदै नीति तथा कार्यक्रम ल्याउनमा ढिलाइ गर्दै आज पेश गर्ने तयारी गरेको जनाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता धर्मराज पाठकले सरकारको गति सुस्त रहेको बताए । उनले सरकारले समयमै गर्न सक्नु पर्ने सामान्य काममा भन्दा भ्रमणमै व्यस्त देखिने गरेको बताए ।

उनले भने –‘सरकारले नीति तथा कार्यक्रम समयमै सभामा प्रस्तुत गर्नुपर्ने हुन्छ । असार १ गते बजेट सभामा पेश हुन्छ । नीति तथा कार्यक्रम जति ढिलो सभामा पेश भयो त्यतिनै सभामा हुने छलफल समय कम हुन्छ ।’ 

उनले सरकारले पूर्णता नपाउनु, विषयगत समितिमा सभापति चयन गर्न नसक्नु लगायतले सरकार कुन गतिले अघि बढेको छ भन्ने देखाइरहेको बताए ।

नेता पाठकले भने— ‘सरकारले अहिले सम्म पूर्णता नपाएकै कारणले नीति तथा कार्यक्रम समयमै सार्वजनिक गर्न नसकेको हो ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार