लागुऔषधको दलदलमा युवा !

लागु औषध सहित धनगढीबाट एक जना पक्राउ

धनगढीः लागुऔषधको दलदलमा सुदूरपश्चिमका युवा फस्दै गएको पाइएको छ। सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरका युवा लागुऔषधको दलदलमा फस्दै गएको पाइएको हो।

लागुऔषध सेवन, विक्रीवितरण र ओसारपसारमा युवाको संख्या सबैभन्दा उच्च देखिएको छ। पछिल्लो केहि महिनायता कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट गरी दैनिक आधा दर्जनको हाराहारीमा लागुऔषमा संलग्न भएकै कारण युवा पक्राउ पर्ने गरेका छन्। प्रदेशभित्र लागुऔषधको जालो भत्काउन प्रहरीले लागुऔषध विरुद्धको महाअभियान नै सञ्चालन गरेपछि संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्।

सोमबार राति मात्र कैलालीको धनगढी र कञ्चनपुरको पुनर्वासबाट गरी लागुऔषधमा संलग्न चार जना युवा पक्राउ परेका छन्। धनगढी उप-महनगरपालिका–१३ राजपुर गाउँबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

करिब २ ग्राम ४० मिलिग्राम लागुऔषधसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। राजपुरका ३७ वर्षीय जियाराम राना र २४ वर्षीय गणेश राना लागुऔषधसहित पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले जियाराम रानाको घरमा खोजतलासी गर्दा ४३ वटा पोकामा रहेको लागुऔषध र उनीहरूले प्रयोग गरेको से.२ प ११८८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

त्यस्तै  कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट पनि लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। करिब ४ सय ६० मिलिग्राम लागुऔषधसहित कैलालीको गौरीगंगा नगरपालिका–२ का २४ वर्षीय भिमबहादुर सिजालीसहित २ जनालाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ३९०३ नम्बरको मोटरसाइकल चेकजाँच लागुऔषध फेला परेपछि दुबै जनालाई पक्राउ गरिएको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार