SKIP THIS

S.P.A  Collage

कालोपत्रे गुणस्तरहीन भएको आरोप

कालोपत्रे गुणस्तरहीन भएको आरोप

धनगढी :  कैलालीको सुर्मीनाला–बढैपुर सडकमा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको स्थानीयले आरोप लगाएका छन्। हालै गरिएको कालोपत्रे पाँच दिनभित्रै उप्किन थालेपछि स्थानीयले यस्तो आरोप लगाएका हुन्। 

कालोपत्रे गर्ने जिम्मा लिएको निर्माण कम्पनीले सडक बनाउनमा लापरवाही वा गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै गुणस्तर जाँच गर्नसमेत माग गरिएको छ। कालोपत्रे पाँच दिनभित्रै उप्केको स्थानीय शङ्कर चौधरीले बताए ।  पिच सडकमाथि बालुवा मात्र हालिएको भन्दै उनले सडक गुणस्तरहीन बनेको आरोप लगाए।

हसुलियादेखि पूर्वपश्चिम महेन्द्रराजमार्गसम्म जम्मा १९ किलोमिटर दुरी रहेको यो सडकको पाँच किलोमिटरमा कालोपत्रे गर्ने काम भइरहेको छ। बिबिएस कन्स्ट्रक्सनले सडक कालोपत्रेको काम गरिरहेको छ। कालोपत्रे गुणस्तरहीन देखिएकाले गाउँपालिकाले अनुगमन गरेर दबाब सिर्जना गर्नुपर्ने कैलारी गाउँपालिका–३, भडरीका दिनेश चौधरीले बताए। 

सो सडकमा दुई वटा निर्माण कम्पनीले काम गरिरहेका छन्। बिबिएस कन्स्ट्रक्सनले २०७७ साल असार ७ मा सडक स्तरोन्नतिको लागि ठेक्का पाएको थियो। आगामी असार २५ गतेसम्म सो कम्पनीको निर्माण अवधि रहेको छ।

यो कम्पनीले ४.३७५ किलोमिटर सडक कालोपत्रेका लागि छुट्टाछुट्टै ठेक्कामा बाँडेर चार करोड १० लाख ९७ हजार रुपियाँमा ठेक्का पाएको थियो। सडक डिभिजन साइड कार्यालय धनगढीका प्रमुख गणेश बुढाले कालोपत्रे सडक गुणस्तरहीन रहेको गुनासो आए पनि जाँच गर्न बाँकी रहेको बताए ।

 “सडकको कोर कटिङ गरी गुणस्तर मापन हुन्छ, उनले भने, “यदि गुणस्तर नपुगेको देखिन्छ भने निर्माण कम्पनीले सुधार गर्नु पर्छ।” उनले कालोपत्रे पातलो भएको प्रमाणित भए सुधार गर्नुपर्ने उल्लेख गरे।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार