प्रतिनिधिसभा बैठक : आज पनि बजेटमाथिको छलफल जारी रहने

संघीय संसद भवन नयाँ बानेश्वर

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहनेछ ।

छलफलमा सांसदले बजेटमाथि आ–आफ्नो धारणा राखिरहेका छन् । बुधबारको बैठकमा बोल्न नपाएका सांसदले आज धारणा राख्नेछन् ।  

प्रतिपक्षका साथै सत्तारुढ दलका केही सांसदले पनि बजेटको आलोचना गरिरहेका छन् । यस्तै, सांसदहरूले विगत वर्षजस्तै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा पनि शंका व्यक्त गरेका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार