दादुराबाट काठमाडौंका चारजना बालबालिका संक्रमित

दादुराका बिरामी

काठमाडौं : द्रुत संक्रामक रोगका रूपमा लिइने दादुराबाट काठमाडौंका चारजना बालबालिका संक्रमित भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको हो। 

कुनै निश्चित ठाउँमा एकै पटक ५ जना भन्दा बढीमा दादुरा संक्रमण भएमा प्रकोपकोरूपमा लिइने जनस्वास्थ्यविज्ञ बताउँछन्। गोकर्णेश्वर नगरपालिका–९ स्थित एक विद्यालयमा अध्ययनरत बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो। विद्यालयका साथै संक्रमित बालबालिकाको परिचय र उमेर खुलाइएको छैन। यद्यपि, १५ वर्षमुनिको बालबालिका भएको जनाइएको छ। यो रोग विशेष गरी पाँच वर्षमुनिका बालबालिकालाई लाग्छ।

इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले एकै ठाउँमा चार जना बालबालिका दादुरा संक्रमण पुष्टि हुनुलाई प्रकोपको रूपमा लिइने बताए। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार