कहिले आउँदै छ एसइईको नतिजा, अक्षराङ्कन सम्बन्धी निर्देशिका कस्तो अपनाइएला ?  

NEB

काठमाडौं : गत वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।

बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ ।

बोर्डले उत्तरपुस्तिका परीक्षणका लागि मुलुकभर ५१ वटा केन्द्र तोकेको छ । ती केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेपछि केन्द्रमा पठाउनुपर्ने हुन्छ । सबै केन्द्रबाट उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटरमा प्रविष्ट गराइने परीक्षा नियन्त्रक श्रेष्ठले बताए ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा कुल १२ हजार ८३ विद्यालयबाट चार लाख ८५ हजार ३९६ जना परीक्षार्थी सहभागी थिए ।

जसमा छात्र र छात्राको सङ्ख्या क्रमश स् दुई लाख ४२ हजार ६७४ र दुई लाख ४२ हजार ७१२ जना थियो । यस पटक नेपालसहित जापानमा पनि एसइई सञ्चालन भएको थियो ।

यस पटक नतिजा सार्वजनिक गर्दा अक्षराङ्कनसम्बन्धी कुन निर्देशिका अपनाउने भन्ने विषय भने अझै निक्र्योल भएको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष अक्षराङ्कनसम्बन्धी निर्देशिका संशोधन गरेर सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार