SKIP THIS

S.P.A  Collage

कस्तो छ शुक्रबारको मौसम?

Mausam

काठमाडौँ : हाल देशमा  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार तराईमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएको छ।

जसका कारण तातो हावा र लू चलिरहेको अवस्था छ। यसले देशभर नै गर्मी बढाएको छ।

अत्यधिक गर्मी तथा चट्याङबाट हुन सक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार