SKIP THIS

S.P.A  Collage

क्रियाशील पत्रकार सम्मान जोशी लाई

क्रियाशील पत्रकार सम्मान जोशी लाई

धनगढी : क्रियाशील पत्रकार सम्मानबाट पत्रकार हरि जोशी सम्मानित भएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय महाधिवेशनबाट सम्मानित भएका हुन् । 

जोशीलाई श्रमजीवी पत्रकारको हकहितका साथै निष्पक्ष स्वतन्त्र एवम् जनपक्षिय पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं  पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले खादा र सम्मान पत्र प्रदान गर्दै सम्मान गरेका हुन् । 

पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समिति सचिव जोशी रेडियो धनगढीका कार्यकारी निर्देशक एवम् धनगढी खबरको सम्पादकका रूपमा कार्यरत रहेका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार