अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ

उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ।

काठमाडौं : देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता तातो हावा तथा ‘लु’ देशका धेरैजसो स्थानमा देखिएको ’बाउटमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्हरूले देशभरको तापक्रम बढ्ने बताएका हुन् ।

कार्यक्रममा मौसमविद् शान्ति कँडेलले यस वर्ष देशका धेरैजसो भू–भागमा सरदरभन्दा कम पानी पर्ने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताइन् । नेपालमा जुन १३ देखि मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन ‘हिट वेभ’ बढ्ने बताइएको छ ।

गर्मीका कारण ‘लु’ लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने समस्या देखापर्न थालेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार