महामारीमा भतेर गर्ने पूर्वप्रधानमन्त्री जोन्सनको राजीनामा

महामारीमा भतेर गर्ने पूर्वप्रधानमन्त्रीको राजीनामा

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले सांसद पदबाट राजीनामा दिएका छन् । कोरोना महामारीको पहिलो लहरताका उनले सरकारी नियम उल्लंघन गर्दै प्रधानमन्त्रीको सरकारी निवासमा भव्य भोज गरेका थिए । सोही विषयमा संसदले छानबिन अघि बढाउँदै गर्दा एकाएक राजीनामा दिएका हुन् ।

उनीमाथि कोरोना महामारीमा लगाइएको लकडाउनको नियम उल्लंघन गरेको र सदनलाई ढाँटेको आरोप छ । सोही आरोपमा संसदीय छानबिन भइरहेको छ । छानबिन नसकिँदै उनले राजीनामा दिएका हुन् ।

गत वर्ष जोन्सनले राजीनामा दिएपछि बेलायतमा उनकै कन्जरभेटिभ पार्टीकी लिज ट्रस छोटो समयमको लागि प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि ऋषि सुनक प्रधानमन्त्री छन् । सुनक पनि कन्जरभेटिम पार्टीकै हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार