SKIP THIS

S.P.A  Collage

कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस र कैलाली बहुमुखी क्याम्पसले दियो गर्मि बिदा

कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस र कैलाली बहुमुखी क्याम्पस दियो गर्मि बिदा

धनगढीः कैलाली बहुमुखी क्याम्पसले आइतबारदेखि लागु हुनेगरी गर्मी बिदा दिएको छ । क्याम्पसले शुक्रबार सूचना जारी गर्दै आइतबारदेखि अगामी असार १८ गतेसम्म गर्मी बिदा दिइएको जनाएको छ । 

क्याम्पस प्रशासन भने बिदाको समयमा पनि खुल्ला रहनेछ ।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले पनि दियो २३ दिन गर्मि बिदा :

कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले भोलि (आईतबार) देखि २३ दिन गर्मि बिदा दिएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको क्याम्पसले शुक्रवार एक सूचना जारी गर्दै आईतबार देखि असार १८ गते सम्म गर्मी बिदा दिएको हो ।

अत्याधिक गर्मी हुनथालेपछि जेठ २८ देखि असार १८ गते सम्म बिदा दिएको सूचनामा उल्लेख छ । साथै बिदाको समयमा क्याम्पसको प्रशासन भने बिहान १० देखि ५ बजेसम्म खुला हुने र सत्रान्त परिक्षा सु.प.वि प.नि.का. को कार्यतालिकानुसार निर्धारित मिति र समयमा सञ्चालन हुने सुचनामा उल्लेख गरिएको छ ।

तराइका जिल्लाहरुमा केहि दिन यता तापक्रम बढ्न गइ गर्मी बढेका कारण जनजिवन प्रभावित भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार