SKIP THIS

S.P.A  Collage

रातको समयमा दुध लगाउँदा हुन्छ अनुहार चम्किलो

रातको समयमा दुध लगाउँदा

एजेन्सी । दुध भिटामिन, बायोटिन, पोटाशियम, क्याल्सियम र प्रोटिनको राम्रो स्रोत हो । त्यसैले दुध स्वास्थ्यका लागि राम्रो मानिन्छ । स्वास्थ्यसँगै दुध छालाका लागि पनि  राम्रो मानिन्छ । यसलाई पिउँदा जति फाइदा हुन्छ, यसरी नै अनुहारमा लगाउँदा पनि त्यत्तिकै फाइदाहरु पाउन सकिन्छ । दुधले अनुहारको दागधब्बा, चाउरीपना, डन्डीफोर आदि कम गर्न एकदमै असरदार हुन्छ । दुधले तपाईंको अनुहारको छालालाई स्वस्थ राख्ने काम गर्दछ ।

प्रायः मानिसहरु अनुहारको क्लींजिंगका लागि दुधको प्रयोग गर्दछन् । तर तपाईंले चाहनुभयो भने दुधलाई मेकअप रिमुवर, टोनर वा फेस प्याकको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यसो त अनुहारमा दुध कुनै पनि समयमा लगाउन सकिन्छ । तर रातमा यसलाई अनुहारमा लगाउँदा यो धेरै फाइदाजनक हुन्छ । किनकी यसले अनुहारमा जम्मा भएको सबै फोहोर, मेकअप तथा प्रदुषणको कणहरुलाई सजिलै निकाल्ने काम गर्छ । दुधले अनुहारको डीप क्लीनिंग गर्छ । साथै अनुहारको ग्लो पनि बढाउने गर्छ । आउनुहोस् जानौं रातमा अनुहारमा दुध कसरी लगाउने ?

१. क्लीन्जर

अफिसबाट घर आएपछि अनुहारको फोहोर निकाल्न तपाईं फेस वासको प्रयोग गर्नुहुन्छ । तर तपाईंलाई भनिहालौं दुध एउटा राम्रो क्लीन्जर हो । त्यसैले तपाईंले रातको समयमा दुधलाई क्लीन्जरको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । दुधले मेकअप, धेरै चिल्लोपना, धुलो माटो सबै सजिलै निकाल्न सहयोग गर्छ । त्यसका लागि काँचो दुध र एक चुट्की बेसार लिनुहोस् । कपासको सहयोगले यसलाई अनुहारमा लगाउनुहोस् । यसले अनुहारको मरेका कोषिकाहरु पनि हट्छन् ।

२. मेकअप रिमुभर

स्वस्थ छालाका लागि रातको समयमा मेकअप हटाएर मात्र सुत्नु पर्दछ । मेकअप हटाउनका लागि प्रायः मानिस बजारमा पाइने मेकअप रिमुवरको प्रयोग गर्दछन् । तपाईंले चाहनुभयो भने दुधको प्रयोग गरेर पनि अनुहारको मेकअप हटाउन सक्नुहुन्छ । काँचो दुध कपासको सहयोगले आफ्नो अनुहारको मेकअप हटाउनु सकिन्छ । दुधले एकदमै गहिरोसँग मेकअप सफा गर्दछ ।

३. मोइस्चराइजर
तपाईं दुधलाई रातमा मोइस्चराइजरको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । दुधमा भिटामिन ए र प्रोटिन हुन्छ जसले छालालाई प्रर्याप्त पोषक मिल्दछ । यदी तपाईं रातमा दुध लगाएर सत्नुभयो भने यसले अनुहारको छालालाई हाइड्रेट राख्ने काम गर्छ । अनुहारमा निखार ल्याउँछ र चमक पनि बढ्छ । त्यसका लागि तपाईं दुई चम्चा दुधमा ग्लिसिरिन मिसाउनुहोस् । यसलाई आफ्नो अनुहार तथा घाँटीको भागमा लगाउनुहोस् । बिहान उठेर सफा पानीले अनुहार धुनुहोस् । दैनिक दुधलाई यसरी मोइस्चराइजको रुपमा प्रयोग गरेर सुत्ने गर्दा छालासँग सम्बन्धित समस्याहरु कम हुन थाल्छन् ।

४. टोनर

अनुहारमा टोनर लगाउनु छालाको सुरक्षाको महत्वपूर्ण हिस्सा हो । रातमा तपाईं अनुहारमा मिल्क टोनर लगाउन सक्नुहुन्छ । त्यसका लागि तपाईं एउटा स्प्रे बोतलमा काँचो दुध राख्नुहोस् । अब यसलाई आफ्नो अनुहारमा स्प्रे गर्नुहोस् । यसले तपाईंको छाला हाइड्रेट रहन्छ । छालाको पीएच लेवल पनि सन्तुलित रहन्छ । तपाईं दैनिक रातमा मिल्क टोनरको प्रयोग गर्न सक्नुहुन्छ ।

५. फेस मास्क
दैनिक रातको समयमा अनुहारमा दुधले बनेको फेस मास्क लगाउनु पनि फाइदाजनक हुन्छ । यसका लागि तपाईं एक चम्चा मुल्तानी मिट्टी लिनुहोस् । यसमा काँचो दुध मिसाउनुहोस् र फेरि त्यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् । १५ देखि २० मिनेट राखेपछि यसलाई सफा पानीले धुनुहोस् । दैनिक रातमा अनुहारमा दुधले बनेको फेस मास्क लगाउनाले चाउरीपना तथा कालो दागहरुबाट छुटकारा पाउन सकिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार