SKIP THIS

S.P.A  Collage

मनसुन भित्रने तरखरमा, मौसम पूर्वानुमान महाशाखा के भन्छ ?

मनसुन भित्रने तरखरमा, मौसम पूर्वानुमान महाशाखा के भन्छ ?

धनगढी : नेपालमा मनसुनका लागि अनुकुल वातावरण बनेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार नेपालको पूर्वी क्षेत्रमा मनसुन भित्रने अवस्थामा रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

तर  प्रवेश गरिनसकेकाले औपचारिक घोषणा हुन बाँकी छ । दिउँसो मौसम सम्बन्धि विशेष बुलेटिन निकालेर औपचारिक रुपमा जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको तयारी छ । सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने गर्छ । तर यसमा एक दुई दिन तलमाथि हुने गरेको छ । आज जुन १४ तारिख हो । जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मानिन्छ ।

यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार भन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने सम्भावना छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य विपदबाट नागरिकलाई जोगाउन आवश्यक तयारी भइरहेको बताउनु भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार