धनगढीका मुख्य चोकमा ‘हाई माक्स’ लाइट जडानपछि रात्रिकालीन सेवामा सहजता 

धनगढीका मुख्य चोकमा 'हाई माक्स' लाइट जडानपछि रात्रिकालीन सेवामा सहजता
तस्बिर: दीपक उपाध्याय

धनगढी : कुनै बेला साझ नपर्दै सुनसान हुने धनगढी-अत्तरिया छ लेन सडक अन्तर्गत पर्ने सहिद गेट क्षेत्रमा हाई माक्स लाइट जडानपछि चहलपहल बढेको छ । 

धनगढी उपमहानगरपालिकाले जडान गरेको हाइ माक्स लाइटका कारण उक्त क्षेत्रको व्यापार व्यवसायसमेत फस्टाएको ब्यापारीहरूले बताएका छन ।

पहिला राति ७/८ बजे नै पसल बन्द गर्नु पर्थ्यो सहिद गेट क्षेत्रमा किराना ब्यापार गरिरहेका कृष्ण जोशीले भने ‘तर अहिले मानिसहरूको चहलपहल हुने हुँदा ढुक्कले राति १० बजेसम्म पसल खोलेर बस्छौ ।’

धनगढी उपमहानगरपालिकाले धनगढी नगर क्षेत्रका मुख्य चोकहरूमा हाइ माक्स लाइट जडान गरेपछि सहिद गेट मात्रै होइन धनगढीका अन्य चोकहरूमा समेत ब्यापारब्यबसाय बढेको स्थानीय ब्यापारीहरूले बताएका छन ।

लाइटका कारण राति हुने आपराधिक गतिविधिमा समेत कमि आएको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार