स्थलमार्गबाट सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री प्रचण्ड, हेलिकप्टरमा फर्किए

स्थलमार्गबाट सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री प्रचण्ड, हेलिकप्टरमा फर्किए
तिस्बरः अक्षर काका

सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको अवलोकन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टरबाट काठमाडौंका लागि उडेका छन्।

शनिबार बिहान उनीसहित मन्त्रीहरू मेलम्ची खानेपानी आयोजनामा पुगेका थिए। उनी स्थलमार्गबाट त्यहाँ पुगेका थिए। 

तर सडक अप्ठेरो भएको भन्दै उनी सेनाको हेलिकप्टरबाट काठमाडौं फर्किएका हुन्। 

भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, स्वास्थ्यमन्त्री मोहन बस्नेत, खानेपानीमन्त्री महिन्द्र राय यादव पनि त्यहाँ पुगेका थिए।

मेलम्चीमा स्थानीय जनप्रतिनिधिहरूले उनीहरूको स्वागत गरेका थिए। त्यसपछि प्रधानमन्त्रीले मेलम्ची खानेपानी आयोजनाको अवलोकन र निरीक्षण गरेका हुन्।

दुई वर्षअघि आजकै दिन ठूला बाढी आएको थियो। बाढीका कारण दर्जनौं घरहरू बगाएका थिए।

बाढीले मेलम्ची खानेपानी आयोजनामा समेत क्षति पुर्‍याएको थियो। प्रधानमन्त्री प्रचण्डले बाढीले क्षति पुर्‍याएका घरहरूको पुनः निर्माणबारे पनि अवलोकन र निरीक्षण गरेका हुन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार