नेपाल कम्युनिष्ट पार्टीले गर्यो धनगढीमा शेख मुनिरको घरमा कब्जा

Shekh munir

धनगढीः धनगढीका शेख मुनिर अहमदको घर नेपाल कम्युनिष्ट पार्टीले आफ्नो कब्जामा लिएको सूचना टासेको छ।

शनिवार धनगढी–१ पशुपति टोलमा रहेको मुनिरको घरमा सूचना टाँस गर्दै नेपाल कम्युनिष्ट पार्टीले जनताको आग्रहमा घर कब्जामा लिएको उल्लेख गरेको छ।

सूचनामा लेखिएको छ, ‘सयौं जनालाई घरवारविहीन  बनाउने, कयौंलाई आत्महत्या गर्न बाध्य पार्ने तथा कयौंलाई बेपत्ता  हुन बाध्य बनाउने कुख्यात मिटरव्याजी शेख मुनिर अहमदको घरजनताको आग्रह र सहभागितामा जननियन्त्रणमा लिइएको छ।

साथै कुख्यात अपराधीका अन्य चल–अचल सम्पत्तिको सूचना पाउने बित्तिकै जफन गरिने छ। र, सो सम्पत्तिको स्वामित्व पनि पीडित जनतामै रहनेछ।’ नेपाल कम्युनिष्ट पार्टीले शेख मुनिर अहमदलाई कुख्यात मिटरव्याजीको संज्ञा दिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार