डा.कुँवरले सम्हाले महेन्द्र नारायण निधी अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी 

डा.कुँवरले सम्हाले महेन्द्र नारायण निधी अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी

काठमाडौं : महेन्द्र नारायण निधी अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी डा किरण जंग कुँवरले सम्हालेका छन्। आजदेखि डा कुँवरको नेतृत्वमा नयाँ ढंगले सेवा प्रवाह गर्न लागिएको अस्पतालले जनाएको छ।

सामुदायिक अस्पतालको रुपमा रहेको महेन्द्र नारायण निधी अस्पतालमा सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान गरिने डा कुँवरले बताए। यस अस्पताललाई नेपालकै पहिलो मिर्गौलाको रेफरल सेन्टर बनाई हप्ताको ६ दिन नै बिहान र बेलुका गरी ओपिडी सेवा सञ्चालन गरिने उनले बताए।

उनले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वरिष्ठ मुत्ररोग तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञका रुपमा काम गरिसकेका छन्। मिर्गौला जचाऊँ मिर्गौला बचाऊँ भन्ने अभियानका साथ मिर्गौला सम्बन्धी सेवा २४ सै घण्टा उपलब्ध गराउन यस अस्पताल आतुर रहेको कुरा उनको भनाई छ। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार