२९ वर्षीया प्रेमिकाबाट ८० वर्षको उमेरमा पिता बने पाचिनो

२९ वर्षीया प्रेमिकाबाट ८० वर्षको उमेरमा पिता बने पाचिनो

चर्चित हलिउड फिल्म गड फादरका अभिनेता अल पाचिनो ८३ वर्षको उमेरमा पिता बनेका छन्।

आफ्नी २९ वर्षीया प्रेमिका नूर अल फल्लाहले हालै छोरालाई जन्म दिएपछि जीवनको आठौं दशक काटेका उनले आफ्नो चौथो सन्तानलाई स्वागत गरेका हुन्। उनीहरुको छोराको नाम रोमन पाचिनो राखिएको बीबीसीमा प्रकाशित समाचारमा जनाइएको छ।

गत महिना मात्र उनी पिता बन्न लागेको समाचार सञ्चार माध्यममा छाएको थियो। हुन त केही समयअघि पाचिनोले आफू पिता बन्न लागेकोमा खुसी नरहेको र आफ्नी प्रेमिकाले आफूलाई ११ हप्तासम्म गर्भावस्थाबारे लुकाएकाले सन्तानको डीएनए परीक्षा गर्ने सोच बनाएको खबर सञ्चार माध्ययममा आएका थिए। पाचिनोले उक्त समाचारमा कुनै सत्यता नरहेको जनाउँदै आफ्नो लागि चौथो सन्तान जीवनकै विशेष् सन्तान रहेको बताएका छन्।

यसभन्दा अघि पाचिनोका तीन सन्तान छन्। जसमा अभिनय प्रशिक्षक जन टारेन्टका साथ ३३ वर्षीया छोरी जुलिया मारिया छिन्। जो पाचिनोकी हालकी प्रेमीका भन्दा ४ वर्ष जेठी छिन्। त्यस्तै, अभिनेत्री वेभर्ली डी एन्जेलोका साथ एन्टन र ओलिभिया गरि दुई जुम्ल्याहा सन्तान रहेका छन्, जो हाल २२ वर्षका छन्।

सन् २०२२ देखि एक अर्कासँग डेट गरेका पाचिनो र नुरको सम्बन्ध राम्रो नरहेको खबर आए पनि सन्तानको आगमन र पाचिनोको अभिव्यक्तिसँगै उनीहरुको सम्बन्ध ठीकठाक रहेको बुझिएको समाचारमा उल्लेख छ। उनकी प्रेमीका नुर पनि फिल्म क्षेत्रमै आबद्ध छिन्। हलिउड फिल्म उद्योगका राम्रा अभिनेतामा गनिने पाचिनोले सन १९९२ मा फिल्म एसेन्ट अफ वुमनका लागि सर्वोत्कृष्ट अभिनेताको अवार्ड चुमेका थिए।

उनले चौथो सन्तानको आगमनसँगै वृद्ध उमेरमा पिता बन्ने अभिनेताको रेकर्ड कायम गरेका छन्। यसभन्दा अघि गड फादरमै पाचिनोका सहकर्मी रोबर्ट डी निरोले पनि ७९ वर्षको उमेरमा आफ्ना सातौं सन्तानलाई स्वागत गरेका थिए।

त्यस्तै, रोलिङ स्टोनका गायक सर माइक ज्यागरले सन् २०१६ मा मेलानी हामरिस्कबाट आठौं सन्तानको पिता भएका थिए। उनले सन २०१७ मा भने पाचिनोकी हालकी प्रेमीका नुरका साथ डेट गरेका थिए। त्यस्तै, अमेरिकी पत्रकार जोन स्नो पनि सन् २०२१ मा ७४ वर्षको उमेरमा पिता बनेका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार