‘टाइटानिक’ जहाजको भग्नावशेष हेर्ने पर्यटक बोकेको पनडुब्बी जहाज बेपत्ता

'टाइटानिक' जहाजको भग्नावशेष हेर्ने पर्यटक बोकेको पनडुब्बी जहाज बेपत्ता

टाइटानिक जहाजको भग्नावशेष हेर्ने पर्यटक बोकेको पनडुब्बी जहाज बेपत्ता भएको छ । एट्लान्टिक महासागरमा पर्यटकलाई टाइटानिकको भग्नावशेष देखाउन प्रयोग गरिँदै आएको पनडुब्बी हराएको बीबीसीले जनाएको छ । 

अहिले पनडुब्बीको खोजी भइरहेको छ । हराइरहेको पनडुब्बीमा कति यात्रु  थिए भन्ने खुलेको छैन । टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट चार सय नटिकल माइल टाढा एट्लान्टिक महासागरको तीन हजार आठ सय मिटर तल छ । 

टाइटानिक जहाज सन् १९१२ को अप्रिलमा आफ्नो पहिलो यात्रामै आइसबर्गमा ठोक्किएपछि डुबेको थियो । त्यस बेला जहाजमा रहेका २२ सय जनामध्ये छ सय सात जनामात्रै बाँचेका थिए । समुद्रमा डुबेको जहाजको भग्नावशेष सन् १९८५ मा पत्ता लागेको थियो । 

केही वर्षदेखि टाइटनिक जहाजको भग्नावशेष देखाउन ओशनगेट कम्पनीले पनडुब्बीमार्फत पर्यटक लैजाने गरेकाे छ । कम्पनीले आठ दिनकाे प्याकेजका लागि प्रतिव्यक्ति साढे १ लाख डलर दिने गरेकाे छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार