बझाङ दुर्घटना: मन्त्रीलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत कोहलपुर लगियो,  २ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री सिंह सवार गाडी दुर्घटना, उद्धारका लागी सेनाको हेलिकप्टर पठाइयो

धनगढी : बझाङमा भएको जीप दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्बी बहादुर सिंहकी पत्नि र भाउजुको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका मन्त्री सिंह सहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट कोहलपुर अस्पताल लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एस्पि श्याम चौधरीले बताए ।

मन्त्री ज्यूका श्रीमति अमृता सिंह र भाउजु जयादेवि सिंहको मृत्यु भएको घोषणा भइसकेको छ,’ एस्पि चौधरीले भने, ‘दुर्घटनामा परि गम्भिर घाइते हुनुभएका मन्त्री सहित अन्य तीन जनालाई थप उपचारका लागि हेलिकोप्टर मार्फत कोहलपुर लगिएको छ ।’

एस्पि चौधरीका अनुसार मन्त्री सिंह सहित सवारी चालक धर्मराज जोशी र सुरक्षा कर्मि (पिएसओ) दिपक भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत कोहलपुर लगिएको छ ।

सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको गाडी सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर जाने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउापालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार