सुदूरपश्चिममा शोक विदा, श्रद्धाञ्जलीका लागि मन्त्री सिंहको शव धनगढीको कभर्ड हलमा राखिने

राष्ट्रिय झण्डा आधा झुकाइने

सुदूरपश्चिममा शोक विदा, श्रद्धाञ्जलीका लागि मन्त्री सिंहको शव धनगढीको कभर्ड हलमा राखिने

धनगढीः सुदूरपश्चिममा आज शोक बिदा दिइएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मंगलबार सवारी दुर्घटनामा परी निधन भएकाले प्रदेश मन्त्रिपरिषद्‌को मंगलबारको बैठकले आज शोक बिदा दिने निर्णय गरेको हो ।

यस्तै प्रदेशभरका सरकारी तथा सार्वजनिक कार्यालयमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरिएको छ । डडेल्धुराबाट बझाङ जाँदै गरेको मन्त्री सिंहसहित ५ जना सवार सुदूरपश्चिम प्रदेश ००१ झ ४८० नम्बरको गाडि मंगलबार बझाङको केदारस्यूँ गाउँपालिका–१ जुवालीखेतमा दुर्घटना भएको थियो।

दुर्घटनामा सिंहकी पत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको प्राथमिक उपचारका क्रममा बझाङको देउरास्थित रितु पोलिक्लिनिकमा निधन भएको थियो।

मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज मेडिकल कलेज पुर्‍याइएकोमा उपचारका क्रममा निधन भएको थियो। यस्तै अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि मन्त्री सिंहको पार्थिव शरीर आज बिहान ९ धनगढीस्थित कभर्ड हलको प्राङ्गणमा राखिने छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार