बिहान खालीपेट भुलेर पनि नखानुहोस् यस्ता चीज

बिहान खालीपेट भुलेर पनि नखानुहोस् यस्ता चीज

एजेन्सी । तपाईंले सधैं सुन्नुभएको होला स्वस्थ रहनका लागि बिहानको नास्ता एकदमै जरुरी हुन्छ ।

यही कारणले बुढापाका तथा डाक्टर सबैले बिहानको नास्तालाई कहिल्यै पनि खान नछुटाउनेहोला भन्ने गर्छन् । दिनभर आफूलाई शारीरिक तथा मानसिक रुपले फिट तथा एक्टिव राख्नका लागि एउटा स्वस्थ बे्रकफास्ट एकदमै जरुरी हुन्छ ।

तर प्रायः मानिसहरु नास्तामा गलत चीज खान्छन् जसको सेवनले फाइदा भन्दा पनि नोक्सान पुर्‍याउने गर्छ । यस्तोमा एउटा कुरा एकदमै जरुरी भएको छ कि, बिहान नास्तामा कस्तो चिज खाने वा कस्तो चिजहरु सेवन नगर्ने जसले गर्दा स्वास्थ्यमा नकारात्मक असर नगरोस् । त्यसैले हामीले बिहान खाली पेट खान नहुने खालका केही खानेकुराहरुको बारेमा बताउनेछौं ।

चिया वा कफी

धेरै मानिस बिहान उठ्ने बित्तिकै चिया वा कफी पिउने बानी परेका हुन्छन् । तर बिहान उठेर खाली पेट चिया वा कफी पिउँदा पेटमा एसिड बढ्ने समस्या हुन सक्छ ।

यसले गर्दा तपाईंको पेट खराब हुने तथा पाचनसँग जोडिएका समस्याहरु हुन सक्छन् । त्यसैले बिहान खाली पेट चिया वा कफी नपिउने कोसिस गर्नुहोस् । किनकी यसले शरीरमा कोर्टिसोलको मात्रा बढ्न सक्छ, जसले तनावलाई झनै बढाउने गर्छ ।

चिसो पेय पदार्थ

त्यसो त धेरै कम मानिस होलान् बिहान उठ्ने बित्तिकै खाली पेट कोल्ड ड्रिंक यानिकी चिसो पेय पदार्थहरु पिउने । तर पनि कतिपयले गर्मी मौसममा पिउने पनि गर्छन् जो एकदमै गलत हुन्छ ।

यदी तपाईं उठ्ने बित्तिकै त्यस्तो चिसो चिज केही पिउनुहुन्छ भने शरीरलाई तापक्रम बढाउनका लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ जसले गर्दा शरीरको ऊर्जा हानी हुन थाल्छ । त्यसैले एकदमै चिसो चिज पनि बिहान उठ्ने बित्तिकै पिउनु हुँदैन ।

मसालेदार खाना

बिहान खालीपेट मसालेदार खानबाट पनि बच्नुपर्छ । त्यसो त धेरै मसला कुनै पनि बेला खराब गर्छ । तर बिहान खालीपेटमा मसालेदार नास्ताको सेवन गर्दा यसले पेट दुख्ने समस्या हुन सक्छ । साथै पेटमा गडबडी भई पाचन सम्बन्धी समस्याहरु पनि निम्तिन सक्छ । यसबाहेक बिहान उठेर तारेको वा तेलमा भुटेको चिज पनि खानु हुँदैन ।

दही

प्रोबायोटिक क्याल्सियमले भरपूर दही दाँतसँगै सम्पूर्ण शरीरका लागि पनि एकदमै फाइदाजनक हुन्छ । तर यदी तपाईं बिहान खाली पेट दहीको सेवन गर्नुहुन्छ भने यसले पेटमा भएका राम्रो ब्याक्टेरियाहरुलाई नष्ट गर्छ । त्यसैले बिहान खाली पेट दही खानबाट पनि बच्नु पर्दछ । किनकी यो एसिडिटीको कारण पनि बन्न सक्छ ।

अमिलो फल

बिहान खाली पेट अमिलो फलफूलहरु पनि खानु हुँदैन । अमिलो स्वाद आउने फलफूलहरुमा सिट्रिक एसिड भारी मात्रामा पाइन्छ । यस्तोमा बिहान खाली पेट अमिलो फलफूल खाँदा पेटमा अत्यधिक एसिडको उत्पादन बढ्छ जसले कैयौं प्रकारका समस्याहरु उत्पन्न हुन सक्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार