धनगढीको शोक सभा पछि मन्त्री सिंहको पार्थिव शरीर सेनाको हेलिकप्टर  मार्फत बझाङ पुगाईयो

धनगढीको शोक सभा पछि मन्त्री सिंहको पार्थिव शरीर सेनाको हेलिकप्टर  मार्फत बझाङ पुगाई

धनगढी : मंगलबार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई अन्त्यष्टीका लागी बझाङ लगिएको छ ।  बुधबार बिहान धनगढीको रंगशालामा श्रद्धाञ्जलीका लागी राखेर नेपाली सेनाको हेलिकप्टर मार्फत न्त्यष्टीका लागि मन्त्री सिंहको गृह जिल्ला बझाङ लगीएको छ ।

मन्त्री नियुक्त भएको ३० औं दिनमा पहिलो पटक गृह जिल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो ।

दुर्घटना लगत्तै उपचारका लागि कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज पु¥याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार