कु-कर्मको पराकाष्ठा, कैलाली कारागारमा अनुगमन गर्न गएका प्रहरीलाई नै कैदी बन्दीले कुटे  

कैलाली कारागार
कैलाली कारागार

धनगढी : कैलाली कारागारमा अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेका छन् । शुक्रबार दिउँसो कारागारमा अनुगमनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीमाथि कैदीबन्दीहरुले आक्रमण गर्दै टाउकोमा प्रहार गरेका हुन । 

कैदीबन्दीको आक्रमणबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) भूपेन्द्र सामन्त घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको कारागार स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले अनुगमन सकेर निस्किने क्रममा समान्य धकेलाधकेल भएको बताउदै सोही क्रममा प्रहरी सहायक निरीक्षक सामन्तमाथि चोट लागेको जानकारी दिए ।

प्रहरी निरीक्षक साउँदकाअनुसार अनुगमनका क्रममा कैदीबन्दीले कारागारभित्र प्रयोग गर्दै आएका विभिन्न कम्पनीका १५ थान मोबाइल, ३३ थान चार्जर र एक लाख चार हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । बरामद गरिएको मोबाइल र नगद रकम कारागार प्रशासनमा राखिएको छ ।

कैलाली कारागारमा मदिरा र लागुऔषधको खुलेआम कारोबार तथा सेवन हुने गरेको गुनासो बढ्दो रहेको छ । केही समयअघि मदिरा सेवन गरेर कैदीबन्दी र कारागारका कर्मचारीबीच झडप भएको कुरा बाहिरिएपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रशासनको जिम्मेवारी हेरफेर गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार