स्वस्तिक अस्पताल धनगढीमा मजदुर संगठन सुदूरपश्चिममा आवद्ध सदस्यहरुले उपचार गर्दा छुट पाउने

स्वस्तिक अस्पताल धनगढीमा मजदुर संगठन सुदूरपश्चिममा आवद्ध सदस्यहरुले उपचार गर्दा छुट पाउने स्वस्तिक अस्पताल धनगढीमा मजदुर संगठन सुदूरपश्चिममा आवद्ध सदस्यहरुले उपचार गर्दा छुट पाउने

धनगढी : स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटी बिच सम्झौता भएको छ । स्वस्तिक अस्पतालले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीमा आबद्ध व्यक्तिहरूलाई उपचारमा छुट दिने गरी उक्त सम्झौता गरिएको छ ।

सम्झौता पत्रमा शनिवार बिहान नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४४ औँ स्थापना दिवसको अवसर पारी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष ललित चन्दले र अस्पतालका तर्फबाट स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलका अध्यक्ष महेश राज जोशीले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता सँगै आजका मितिबाट एक वर्ष सम्म स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीमा आबद्ध व्यक्तिहरूलाई जुनसुकै प्रकारको अपरेसनमा १० देखी १५ प्रतिशत छुट, डाईग्नोष्टिकमा १५ प्रतिशत छुट, ल्याब, एक्स-रे, ईसिजी, युएसजी, ईको, टिएमटी, एबीपी, हल्टर, फिजियोथेरापी, बेड चार्जमा पनि १५ प्रतिशत छुट र सबै प्रकारका औषधीहरूमा ५ प्रतिशत छुट सेवा प्रदान गर्ने अस्पतालका अध्यक्ष महेशराज जोशीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै उक्त संस्थामा आबद्ध पदाधिकारी, कर्मचारी तथा अन्य सदस्य ज्युहरूले उल्लेखित सेवा लिनको लागी अस्पतालले प्रदान गरेको सदस्यता कार्ड ल्याई बिरामी स्वयम अनिवार्य अस्पतालमा उपस्थित हुनु पर्ने प्रावधान रहेको अध्यक्ष जोशीले जानकारी गराउनु भएको थियो ।

यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४४ औँ स्थापना दिवसको शुभ अवसरमा आफ्नो संस्थामा आबद्ध सम्पूर्ण साथीहरूको स्वास्थ्य सेवामा छुट प्रदान गर्ने गरी सम्झौता गर्न पाउँदा खुसी लागेको र यस अवसरमा साथ दिएकोमा अस्पताल परिवारलाई धन्यवाद ज्ञापन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष ललित चन्दले छुट सेवा प्राप्त गर्ने कार्ड र आफ्नो परिचय पत्र सबै आफै सँग खल्तीमा बोकी राख्न र सम्बन्धित व्यक्तिहरूले कार्य प्राप्त गर्नको निम्ति आफ्नो कार्यसमितिका सदस्यहरू सँग सम्पर्क राख्न समेत आग्रह गर्नुभएको छ ।

त्यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४४ औँ स्थापना दिवसको अवसरमा पारी आयोजित उक्त कार्यक्रममा स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलले निःशुल्क स्वास्थ्य परीक्षण सेवा समेत प्रदान गरेको थियो ।

यसका साथै, स्वस्तिक अस्पताल धनगढीले यही असार २३ गते शनिबारका दिन विशेष छुटका साथ मुटु सम्बन्धी क्याम्प समेत सञ्चालन गर्न गईरहेको जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार