कहाँ-कहाँ छ ठूलो वर्षाको सम्भावना ?

मनसुन भित्रने तरखरमा, मौसम पूर्वानुमान महाशाखा के भन्छ ?

काठमाण्डाै : आज मधेस प्रदेशसहित धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार दिउँसो धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई ठाउँमा ठूलो वर्षा हुनेछ । यस्तै, राति गण्डकी र लुम्बिनीका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

ठूलो वर्षा हुने क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद् झाको आग्रह छ । यस्तै, तराईका जिल्लामा आज पनि हावाहुरी चल्ने अनुमान छ । तराईका जिल्लामा केही दिनयता हावाहुरी चलिरहेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार