कानुन व्यवसायीलाई अदालतमै कुट्ने वकिल पक्राउ

कानुन व्यवसायीलाई अदालतमै कुट्ने वकिल पक्राउ

गोकुलेश्वर : ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन । ललितपुर प्रहरी परिसरले अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरेको हो । आफूलाई हात पात गरेको भन्दै नासु प्रेमिका तामाङले प्रहरीमा उजुरी दिएकी थिइन ।

मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाबी छ । तामाङको मुखमा चोट देखिएको छ । ललितपुर प्रहरी परिसर प्रमुख सिद्धिविक्रम शाहले लामिछानेलाई पक्राउ गरिएको बताएका छन । लामिछानेले तामाङको फाँटमा पुगेर फाइल मागेर हेर्नु भएको रहेछ । तामाङले फोटो कपी गरेर हेर्नुस् भन्दा तँ तँ र मम भन्दै लामिछाने झम्टिएको र हातपात गरेको पीडितले आरोप लगाउनु भएको छ ।

शाहका अनुसार लामिछानेले फाइल तानातान हुँदा तामाङलाई आफै चोट लागेको प्रारम्भिक बयान दिएका छन । उनीमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार