मिस्टर एण्ड मिस एसपीएको ताज क-कसले पहिरिए ?

मिस्टर एण्ड मिस एसपीएको ताज कसले पहिरिए ? पहिरिने २ विजेता

धनगढी : निराजन नेपाली र रितिका सुनारले मिस्टर एण्ड मिस एसपीएको उपाधि जितेका छन् । धनगढीको ओम प्यालेसमा शनिबार राति भएको एक कार्यक्रमका बीच उनीहरुले मिस्टर एण्ड मिस एसपीएको ताज पहिरिएका हुन् ।

धनगढी २ मा बस्ने निराजन एसपीएको स्नातक तहमा अध्ययनरत् छन् । धनगढी शिवनगरकी रितिका एसपीएको कक्षा १२ मा अध्ययनरत छिन् ।

मिस एण्ड मिस्टर एसपीएका विजेताहरु एक वर्ष एसपीए कलेजको ब्रान्ड एम्बास्डर बन्नेछन् । उनीहरुले एकवर्ष कलेजले छात्रवृत्ति उपलब्ध गराउनेछ । त्यसबाहेक उनीहरुले विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

मिस्टर एसपीए बनेपछि निराजनले मनोरञ्जन क्षेत्रमा मनोरञ्जन क्षेत्रमा आफूले देखेको पहिलो खुट्किलोका रुपमा यो उपाधि रहेको बताए । मिस एसपीए बनेकी रितिकाले भविष्यमा मोडलिङ प्रवेश गर्नका लागि मिस एसपीएको उपाधिले ठूलो सहयोग पुर्याउँने बताइन् ।

मिस्टर एपीएको फस्ट रनरअप कक्षा १२ मा अध्ययनरत् सागर चन्द भए । यस्तै मिस्टर ट्यालेन्टको उपाधि बीबीएस पहिलो वर्षका सुवास आग्रीले जिते ।

यस्तै मिस एसपीएको फस्ट रनरअप सन्ध्या सिंह र सेकेन्ड रनरअप प्रिति शाही घोषित भईन् । यस्तै मिस ट्यालेन्टको उपाधि रेखा धानुकले प्राप्त गरिन् ।

मिस नेपाल अर्थ २०२२ डा. शिर्षा श्रेष्ठ, कलाकार, निर्देशक तथा थियटर आर्टिस्ट पुष्पराज अवस्थी र मिस्टर नेपाल वल्र्ड २०१८ जीवन रेग्मीे जुरी मण्डलका रुपमा रहेका थिए ।

एसपीए कलेजले कला र मनोरञ्जन क्षेत्रमा रुचि भएका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटित गर्ने उद्देश्यले प्रत्येक वर्ष मिस एण्ड मिस्टर एसपीए कार्यक्रम आयोजना गर्दै आएको छ । उनीहरुलाई झण्डै एक महिना लामो प्रशिक्षण पश्चात मिस्टर एण्ड मिस एसपीए कार्यक्रममा सहभागि गराइएको हो ।

यस्तै उक्त समारोहमा धनगढी थियटर्स एण्ड आर्टस क्लबले ऐतिहासिक सकुन्तलम नाटक समेत प्रस्तुत गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार