मनसुन सुरु भएसँगै बाढीको उच्च जोखिम, बाढी आएमा कसरी बच्ने ? 

मनसुन सुरु भएसँगै बाढीको उच्च जोखिम, बाढी आएमा कसरी बच्ने ? 
फाईल तस्बिर

 मनसुन सिजन सुरु भएसँगै बाढीको उच्च जोखिम हुन्छ । केही स्थानमा भारी र अति भारी वर्षा हुन थालेसँगै बाढीको जोखिम पनि बढेको छ । 

खोला किनार तथा होचा भू–भागमा जुनसुकै बेला बाढीको उच्च जोखिम हुने भन्दै सरकारले यसबाट सुरक्षित रहन विशेष सावधानी अपनाउन आग्रह गरेको छ । 

बाढी आइहालेमा सबैलाई खबर गर्नुपर्ने र नआत्ती सुरक्षित स्थानमा जानुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाउँदै आएको छ । 

“बालबालिका, महिला, अशक्त, अपांग, सुत्केरी तथा जेष्ट नागरिकलाई प्राथमिकता दिएर सुरक्षित स्थानमा लैजानुपर्छ,” प्राधिकरणले भनेको छ, “स्थानीय निकाय, सुरक्षाकर्मीलाई खबर गर्नुपर्छ र थप सहयोग र उद्धारका लागि पहल गर्नुपर्छ ।”

बाढी आइसकेपछि महामारी फैलिन नदिन व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । आपतकालीन आश्रयस्थलमा बस्दा महिला र पुरुषका लागि छट्टै सौचालयको व्यवस्था गर्नुपर्नेमा प्राधिकरणले जोड दिएको छ । 

डंगी, मलेरिया, काला जारजस्ता रोगबाट बच्न सुत्दा झुलको प्रयोग गर्न आग्रह गरेको प्राधिकरणले अनावश्यक हल्लामा विश्वास नगर्न र आधिकारिक निकायबाट आएको सूचनामा मात्रै विश्वास गर्न भनेको छ ।  

“आपत पर्दा जाने सुरक्षितस्थलको पहिला नै पहिचान गर्नुपर्छ । स्थानीय तहमा विपद् पूर्वतयारी कोष खडागरी पानी, औषधीलगायत अत्यावश्यक सामग्रीको जोहो गर्नुपर्छ,” प्राधिकरण भन्छ, “तालिमप्राप्त स्वयंसेवक समूह बनाउनुपर्छ ।”

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार