गगनलाई बालेनले व्यंग्य- ‘सबैतिर कांग्रेसका भ्रातृ संगठन छैनन्’

मेयर बालेन शाह

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति व्यंग्य गरेका छन्। मंगलबार एक स्टाटस लेख्दै बालेनले थापालाई आफूले भनेको कुरा पूरा गर्न चुनौती दिएका छन् ।

महामन्त्री थापाले सोमबार एउटा कार्यक्रममा राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भनेका थिए । उक्त कुरालाई व्यंग्य गर्दै बालेनले लेखेका छन्, ‘माननीय गगन थापाज्यू, दलको हिजो एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नु भयो । नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भनेपछि, काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भ्रातृ संगठन नभएको घोषणा गर्दछौँ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार