को-को बने ‘मदन भण्डारी ५ किमी रोड रेस’ को उपाधि बिजेता ?

को-को बने ‘मदन भण्डारी ५ किमी रोड रेस’ को उपाधि बिजेता ?

कैलाली : जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा कैलालीका आयोजित ‘५ किमी रोड रेस’ प्रतियोगिताको उपाधि निपूर्ण चन्द र नेहा खड्काले पाएका छन् ।

बुधबार नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय रोड रेसमा छात्र तर्फ वैद्यनाथ मावि जडेपानी कञ्चनपुर र छात्रा तर्फ धनगढी नमुना मावि कैलालीकी नेहा खड्का प्रथम भएकी हुन् ।

त्यस्तै परुष तर्फ दृत्तिय वैद्यनाथ मावि जडेपानी कञ्चनपुरका विनोद सिंह र तृतीय शारदा मावि धनगढी कैलालीका आयुस मल्ल भए ।

त्यस्तै चौथो स्थान शारदा माबिकै मुकेश सिंहले प्राप्त गरेका थिए भने पाँचौँ र छैटौँ त्रिभुवन मावि बोराडाडीका सागर अवस्थी सिद्धनाथ माबिका अस्मित कुमार मारकण्डा भए ।

त्यस्तै छात्रा तर्फ दृत्तिय वैद्यनाथ मावि जडेपानी कञ्चनपुरकी लक्ष्मी भट्ट,सरस्वती मावि कैलालीकी जानकी कडायत तृतीय भइन् ।

चौथो पञ्चोदय मावि धनगढी कैलालीकी मनीषा खड्का, पाँचौँ शारदा माविकी सवनम खातुर र छैटौँ पञ्चोयद मावि धनगढी कैलालीकी सपना चौधरी भइन् ।

प्रतियोगिताका विजेता छात्र र छात्रा दुबैलाई प्रथमलाई १०÷१० हजार, दितियलाई ७÷७ हजार, तृतीयलाई ५÷५ हजार , चौथो पाँचौँ र छैटौँले क्रमशः ३ हजार देखी १ हजार सम्म पाएका थिए।

मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित रोड रेसमा एमाले केन्द्रीय सचिव तथा पूर्व मन्त्री लेखराज भट्टले रिबन काटेर उद्घाटन गरेका थिए । कार्यक्रमा प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा पार्टी पोलिट ब्युरो सदस्य राजेन्द्रसिंह रावल, पूर्व प्रदेश मन्त्री सन्तोष शर्मा थापा, नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष नन्दा बस्याल, केन्द्रीय सचिव तथा खेलकुद महासंघका प्रदेश इन्चार्ज विष्णु चन्द लगायतको उपस्थिति रहेको थियो ।

रोड रेस प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी , दार्चुला र बैतडी गरि ६३१ जनाको सहभागिता रहेको खेलकुद महासंघका प्रदेश अध्यक्ष प्रकाश चन्दले जानकारी दिए ।

प्रतियोगितामा ४१४ छात्र र २१७ जना छात्राको उपस्थिति रहेको थियो । निश्चित समयमा दुरी पार गर्ने १०० जनालाई प्रशंसा पत्र समेत उपलब्ध गराइएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार