एसईईको परीक्षाफल शुक्रबार सार्वजनिक गर्ने बोर्डको तयारी, कसरी हेर्ने परिक्षाफल ?

NEB

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल भोली शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्ड स्रोतका अनुसार परीक्षाफल सार्वजनिक गर्नका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ । नतिजा प्रकाशनका लागि नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन्।

बोर्डले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशन गर्न लागेको हो । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न पनि सकिनेछ ।

२०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए । बनेर्डका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् ।

नतिजा हेर्नको लागि एसईई लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखि ३४९४९, ३१००३ र ३५००१ मा एसएमएस गर्न सकिने छ ।

  • यी माध्यमहरू बाट हेर्न सकिन्छ परीक्षाफल ?

परीक्षार्थीले www.see.gov.npwww.neb.gov.npwww.theconnectplus.comwww.see.edusanjal.comwww.see.ntc.net.np, www.ekantipur.comwww.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार